"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

सदस्य विस्तारित मञ्च कार्यक्रम

सदस्य विस्तारित मञ्च कार्यक्रम

मिति २०८२ श्रावण १६ गते शुक्रबार संस्थाको सभाहलमा सदस्य बिस्तारीत भेला कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सचिव संजय जोन्छेले कार्यक्रम संचालन गर्नुको महत्वबारे प्रकाश पार्दै सस्दय रहे संस्था हुने र संस्था रहे सदस्यको पहिचाहन रहने कुरा भन्नु भयो । अध्यक्ष राजाभाई भेलेले सरकारबाट जारी नितीनिर्देशन संस्थाले पालना गर्ने, संस्था सुरक्षित, दिगो संस्था बनाउन संचालक समिति तत्पर रहेको जानकारी दिदैं उक्त कार्यक्रममा ब्यवस्थापक रविन्द्र घिमिरेले आ.व २०८१÷०८२ को आर्थिक प्रतिवेदन एंव राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड २०८२, सहकारी बिभागको एकिकृत निर्देशन २०८२ र संस्थाको आगामी कार्य योजनाबारे सदस्यहरु माझ राख्नुभयो । उक्त कार्यक्रममा संस्थाको कोषाध्यक्ष लगायत १७ जना सदस्यहरुको सहभागिता रहेको थियो ।